५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड (पूर्णपाठ)

कोशी प्रदेशको आगामि आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्बिर: विनोद सुवेदी /नागरिक

कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ।

कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। 

कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यानवयनका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। जसमा चालु तर्फ १४ अर्ब  ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।  

वित्तीय व्यवस्थापन तर्फ १ करोड स्थानिय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार विनियोजन गरिको छ। कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो। बजेटले रोजगार प्रबद्र्धन र उत्पादन बृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। कोशी प्रदेश सरकारले  बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासलाई जोड दिएको छ।  प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पूर्वाधार विकासका लागि ११ अर्ब ४१ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। युवाहरूलाई स्वरोजगारका लागि सिप विकास तालिम, शिप परिक्षण, सौलियत दरमा कर्जा प्रबाहलगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ। स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्ने, उपयुक्त स्थानमा कोशी औद्योगिक क्षेत्र स्थापना गर्ने, औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि संभाव्यता अध्ययन गर्नेलगायतका कार्यक्रम प्रदेश सरकारले ल्याएको छ।

यस्तो छ बजेटको पूर्णपाठ

प्रकाशित: ३२ जेष्ठ २०८० १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App