६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसी मोर्चामा आबद्ध पाँच दलको एकता घोषणा हुँदै

काठमाडौं- मधेसी मोर्चामा आबद्ध पाँच पार्टीको एकीकरण हुने भएको छ। बुधबार अबेर रातसम्म बसेको शीर्ष नेताको बैठकले पार्टी एकीकरण गर्ने टुंगो लगाएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए। 

झाका अनुसार दिउँसो १ बजे अमृत भोग पाटीॅ प्यालेस कालिकास्थानमा पार्टी एकता घोषणा हुनेछ। एकीकृट्ट पार्टीको नाम राष्ट्रिय जनता पार्टी हुने र चुनाव चिन्ह छाता राख्ने निर्णय पनि शीर्च नेताहरुले गरेका छन्। 

मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, सद्‍भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता हुनेछ। 

अहिलेलाई तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टी नेतृत्वको जिम्मेवारी दिन शीर्ष नेताहरु सहमत भएका छन्। तर नयाँ पार्टीको नेतृत्व भने पालैपालो लिने सहमति भएको छ। 

शीर्ष नेताहरुले एकता महाधिवेशन नभएसम्म प्रत्येक पार्टीका पदाधिकारीहरुलाई सोही पदको जिम्मेवारी दिने सहमति गरेका छन्। 

प्रकाशित: ७ वैशाख २०७४ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App