२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्थमन्त्री डा. महत भन्छन: ‘अर्थमन्त्री ‘नो’ मिनिस्टर हो’

अर्थमन्त्री डा. प्रकाशसरण महतले अर्थमन्त्रीलाई ‘नो’ मिनिस्टरको संज्ञा दिएका छन्।

उनले सोमबार बजेट माथि सांसदहरुले उठाएका प्रश्न, जिज्ञासा र टिप्पणीको जवाफ दिने क्रममा यस्तो भनेका हुन्।

डा. महतले माननियहरुले राखेका सबै माग पुरा गर्न नसकेको उल्लेख गर्दै भने, ‘अर्थमन्त्रीले अप्ठेरोमा काम गर्नुपर्छ। अर्थमन्त्री भनेको ‘नो’ मिनिस्टर हो। सबै एस एस भन्यो भने केही(बजेट) बाँकी रहदैन। त्यसैले ‘नो, नो’ भन्नुपर्छ।’

उनले माननीयहरुले भनेको सबै चिज गर्दिन्छु भनि भयो भने हामी (राज्य) टाट पल्टिने बताए। ‘अरुलाई ‘एस–एस’ भन्ने छुट भएपनि अर्थमन्त्रीलाई त्यो छुट हुदैन’, डा. महतले भने, ‘अप्ठेरोका बिचमा काम गर्नु परेको स्थिती छ।’

प्रकाशित: २९ जेष्ठ २०८० ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App