१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

मनोरञ्जन र औषधिजन्य प्रयोजनका लागि ‘गाँजा’ खेतीको अध्ययन प्रस्ताव गरिएको होः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले मनोरञ्जन र औषधिजन्य प्रयोजनका रुपमा ‘गाँजा’खेतीको अध्ययन प्रस्ताव गरेको स्पष्ट पारेका छन्।

‘गाँजा खेतीका बारेमा निकै चर्चा भएको छ। विपक्ष दलका नेताले पनि भन्नुभयो, गाँजा के का लागि र किन ल्याउन खोजेको हो? भन्नुभयो’, उनले भने।

डा. महतले पहिले विदेशीहरुले ‘यसलाई रोक होइन भने सहयोग नै बन्द हुन्छ’ भनेपछि रोकेर राखेको र बद्लिदो परिस्थिती अनुसार यसको अध्ययन प्रस्ताव गरेको बताए। ‘अहिले मनोरञ्जन र औषधिजन्य प्रस्तावका लागि खुला गर्ने भनेर बिग बिजनेस भइरहेको छ। उनीहरुले यसको फाइदा उठाइराख्ने हामी चाँही पुरानो मानसिकतामा नबस्ने हो की?’, उनले भने।

डा. महतले गाँजा खेती संभावना मात्र खोज्न खोजिएको स्पष्ट पारे । ‘यो बिषयमा गम्भिर हौ भनेका हौं। भोलिदेखि नै गरिहाल्ने पनि भनेको छैन’, उनले भने।

प्रकाशित: २९ जेष्ठ २०८० ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App