७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीको दुई घण्टाको टिप्पणीले बजेटको महत्व बढेको अर्थमन्त्री डा. महतको धारणा

अर्थमन्त्री डा. प्रकाशसरण महतले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीको बजेट माथिको टिप्पणीले बजेटको महत्व बढेको बताएका छन्।

बजेट माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्न र टिप्पणीहरुको जवाफ दिदै सोमबार उक्त कुरा बताएका हुन्। ‘विपक्षी दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले तीन घण्टाको बजेट प्रस्ततुतीमा २ घण्टाको टिप्पणी राख्नुभयो। यसबाट के महशुस गरेका छु भने यसमा केही महत्वपर्ण कुरा छन केही नयाँ कुरा अघि बढाउन कोसिस गरेको छ, भन्ने लागेको छ।’

अध्यक्ष ओलीले यसअघि बजेट माथि झण्डै दुई घण्टा टिप्पणी गरेका थिए। त्यसको प्रतिउत्तरमा डा. महतले यस्तो बताएका हुन्। उनले भने, ‘माननियहरुले राखेरका प्रश्न, जिज्ञासा र टिप्पणीबाट मलाई खुसी लागेको छ।’

डा. महतले यो बजेट कठिन परिवेशमा प्रस्तुत गरेको र यसको सुधारको प्रस्ताव पनि राखेको स्पष्ट पारेका छन्। ‘यति छोटो समयमा राम्रो हुने कुराहरु पनि हैन। धेरै बर्षदेखि थपिदै थपिदै थुप्रो लागेका समस्या छन्। एक धक्काले यी समस्याहरु समाधानहरु गर्छू र अगाडी बढछु भनेर दाबी पनि गरेको छैन’, उनले भने।

डा. महतले आफू आर्थिक क्षेत्रका समस्याहरु स्वीकार गरेर अघि बढिरहेको पनि बताए।  ‘एक पटक समस्याको चाङ जुन छ त्यसलाई हटाउन सकिदैन्। स्वीकार गरेर नै बजेट सुधारको प्रस्ताव राखेको छु। साधन स्रोतको प्राथमिकताका आधारमा प्रतिफलका आधारमा विविनयोजन गर्दै लाग्छौं’, उनले भने, ‘मैले पहिले नै भनेको थिए, थोरै थोरै बजेट बाँढने प्रवृत्ति रोक्न सकेका छैनौ। आवश्यकताहरु धेरै छन्। महत्वाकांक्षा धेरै छन्। खर्च कटौती र विनियोजन कटौती नगरी बाँकी ठाँउमा थोरै थोरै बजेट परेको छ।’

प्रकाशित: २९ जेष्ठ २०८० ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App