२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेटकै कारण सरकार ढल्दैन्ः माधव सापकोटा

फाईल तस्बिर

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन।

सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका बेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन ।

आज संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढने बताए। 

सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारीहरू हल गर्दै जानुपर्ने बताए ।

प्रकाशित: २८ जेष्ठ २०८० १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App