नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नीतिगत बहस, जनचासोका विषय र अभियानमुखी कार्यक्रमलाई प्रभावकारी बनाउन १२ वटा विषयगत उपसमिति गठन गरेको छ। प्रतिष्ठानको बैठकले विभिन्न क्षेत्रलाई समेट्दै उपसमितिहरू गठन गर्नुका साथै संयोजकसमेत तोकेको हो।
बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका पेश गर्न निर्देशन दिएको जनाएको छ। साथै प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ। उक्त समितिले आगामी बैठकमा आचारसंहिताको प्रस्ताव पेश गर्नेछ।
प्रतिष्ठानले गठन गरेका उपसमितिहरूलाई नीति निर्माण, जनसचेतना, संवाद विस्तार र संगठनात्मक दृष्टिकोण विकाससँग जोडिएको जिम्मेवारी दिइएको छ।
कसले पाए कुन जिम्मेवारी ?
१. भूमि व्यवस्था विशेष अभियान उपसमिति
संयोजक : डा. गोपाल दहित
सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको दीर्घकालीन समाधानका लागि साझा दृष्टिकोण निर्माणमा केन्द्रित रहने।
२. विपद् व्यवस्थापन उपसमिति
संयोजक : मानबहादुर थापा
विपद् पूर्वतयारी, उद्धार तथा पुनःस्थापनासम्बन्धी अभियान सञ्चालन गर्ने।
३. मानसिक स्वास्थ्य सचेतना अभियान उपसमिति
संयोजक : मोहना अन्सारी
मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित गठन।
४. सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति
संयोजक : ई. दिपेश विष्ट
डिजिटल प्रविधि र सुशासनसम्बन्धी नीति तथा अभ्यासमा काम गर्ने।
५. निर्वाचन प्रणाली सुधार उपसमिति
संयोजक : जनक चटौत
निर्वाचन प्रणाली सुधारसम्बन्धी अवधारणा, संवाद र समन्वयमा केन्द्रित रहने।
६. पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति
संयोजक : ई. अमृत ज्ञवाली
पूँजीगत बजेट खर्च प्रणाली सुधार तथा पूर्वाधार निर्माणको गति बढाउने नीति सुझाव तयार गर्ने।
७. उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति
संयोजक : खगेन्द्र आचार्य
रोजगार सिर्जना, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका विषयमा काम गर्ने।
८. शिक्षा तथा शिक्षालय नीति एवं दृष्टि उपसमिति
संयोजक : डा. कृष्णप्रसाद पौडेल
शिक्षा नीति, शिक्षालय सुधार र दीर्घकालीन शैक्षिक दृष्टिकोणमा केन्द्रित रहने।
९. वीपी ज्ञान केन्द्र उपसमिति
संयोजक : प्रकाश लामिछाने
आगलागीबाट क्षति पुगेको केन्द्रीय पुस्तकालय पुनर्संरचना गरी ‘वीपी विचार स्कूल’का रूपमा विकास गर्ने योजना अघि बढाउने।
१०. जातीय विभेदविरुद्ध सचेतना अभियान उपसमिति
संयोजक : एलिजा ढकाल
जातीय विभेदविरुद्ध जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्ने।
११. डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति
संयोजक : प्रकृति भट्टराई
डिजिटल साक्षरता, भ्रामक सूचना नियन्त्रण र तथ्य जाँचसम्बन्धी काम गर्ने।
१२. ग्रीन टेबल उपसमिति
संयोजक : कञ्चन झा
हरित नीति, वातावरण र दिगो विकाससम्बन्धी अवधारणामा केन्द्रित रहने।
प्रकाशित: ४ जेष्ठ २०८३ १५:१२ सोमबार





