१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेलाई गृहमन्त्रीको जवाफः पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा अराजकता मच्याउने छुट कसैलाई नभएको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद्हरुले बिहिबार उदयपुरमा कोशी प्रदेश नामाकरणको विरोध गर्नेहरुले आफ्ना नेतामाथी आक्रमण गरेको भन्दै विरोध गरेका थिए।  

सो घटनामा सरकारकै समर्थन रहेको भन्दै गृहमन्त्रीको जवाफ माग गरेका थिए। सो विषयमा जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याएको बताए। 

‘घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यस्ता घटनाप्रति सरकार दुःख व्यक्त गर्दछ। उनले अगाडी भने, ‘पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएका छन्। उनीहरूले शान्तिपूर्ण तरिकाले विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरी विरोध गर्न पाउँछन्। अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, अराजक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन।’

एमाले नेता र उपसभामुखलाई कार्यक्रममा जाँदा बिहीबार प्रहरीले स्कटिङ गर्दै सुरक्षासमेत दिएको गृहमन्त्री श्रेष्ठले बताए।

प्रकाशित: २६ जेष्ठ २०८० ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App