६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आगामी बजेटमा सरकारले हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्‍यो: सांसद लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आगामी बजेटमा हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गरेको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले झारा टार्ने, हेलचेक्राई र गैर जिम्मेवार तरिकाले राजश्व वृद्धिको अनुमान गरेको बताएका हुन्।

सरकारले यसरी हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्ने भए अर्थ मन्त्रालयका पदाधिकारीहरुको आवश्यकता नै नपर्ने उनको भनाइ छ। उनले राजश्वका ९० वटा स्रोत शिर्षकमध्ये ६८ वटा राजश्वको वृद्धि दर कसरी हुन्छ भन्द्र प्रश्न गरेका छन्।

हचुवाका भरमा तयार गरिएको बजेट पास गरेर जाने हो भने यसको सबै जिम्मा पास गर्नेहरुले लिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २५ जेष्ठ २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App