काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार थाइल्यान्डको बैंकक गएका छन्। थाई एयरको नियमित उडानबाट बैंकक गएका ओलीको समितिभेज अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ।
'नियममित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको हो', ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, 'एक सातापछि फर्किने कार्यक्रम छ।' ओलीका साथ पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य गएका छन्।
एक दशकअघि मिर्गाौला प्रत्यारोपण गरेका ओली पछिल्लोपटक गत भदौमा स्वास्थ्य परीक्षणका लागि बैंकक गएका थिए।
प्रकाशित: २७ चैत्र २०७३ ०२:१० आइतबार