२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खप्तड गए प्रधानमन्त्री दाहाल, रामदेव बाबासँग योग सिक्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल आज धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड गएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्मेलनमा प्रसिद्ध योग गुरु रामदेव,  पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दैँ आएका शिद्धबाबा कृष्णदासलगायतको उपस्थिति रहने छ।

सम्मेलनमा आज पहिलो दिन आज बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल अपरान्ह तीन बजे काठमाडौं फर्किने कार्यतालिका छ।

प्रकाशित: २३ जेष्ठ २०८० ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App