१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन्: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले दिएको मुर्रा भैँसी ल्याउने समझदारी ७ वर्ष अघिको नै रहेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले मुर्रा भैँसी ल्याउने ७ वर्ष अघिको समझदारी रहेको त्यहि भैँसी अहिले ल्याएको बताएका हुन्।

दाहालले भने, 'यो भैँसीको कुरा अहिले भएको कुरा होइन। सात वर्ष अगाडि नै मुर्रा भैँसी ल्याउने समझदारी भएको रहेछ। त्यही आएको मात्रै अहिले हो। मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन्।'

संसदमा प्रधानमन्त्रीले मुर्रा भैँसीको कुरा गरिरहदा सांसदहरूको हाँसो छुटेको थियो। 

प्रकाशित: २२ जेष्ठ २०८० ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App