५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मैले विज्ञ र वुद्धिजीवीहरुले भनेको कुरा मात्र गरेको हुँ, त्यो मेरो प्रस्ताव होइनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लिपुलेक–लिम्वियाधुरा–कालापानी जमिनको सट्टामा बङ्लादेश प्रवेश गर्ने फूलबारी बन्दरगाह नाका पुग्ने बाटो भारतसँग प्रस्ताव गरेको कुरा गलत भएको बताएका छन्।

उनले सोमबार संसदको दुवै सदनलाई सम्बोधन गर्दै भने, ‘त्यो मेरो प्रस्ताव होइन। मैले यस्ता पनि तर्क छन् मात्र भनेको हुँ।’ प्रधानमन्त्री दाहालले आफुले यो विकल्पको कुरा नगरेको स्पष्ट पार्दै भने, ‘नेपालका केही विज्ञ र बुद्धिजीवीहरु र उनीहरुको अध्ययनका आधारमा उहाँहरुले भनेका कुरा यस्ता पनि छन् मात्रै भनेको हुँ,।’

उनले आफूले पहिले ‘नेपालको भूमि नेपालको हो भनी पहिला स्थापित हुनुपर्छ मात्रै भनेको’ दाबी गरे। ‘यति मात्र भनिएको कुरालाई अतिरञ्जित ढंगले प्रस्तुत गरेर जनसमुदायलाई कन्फूजन किरेट नगर्न मान्यज्यूहरुलाई अनुरोध गर्दछु’, प्रधानमन्त्री दाहालले भने।

उनले नेकपा एमाले समर्थित विज्ञहरुले आफूलाई भनेकै कुरा राखेको पनि बताए।

प्रकाशित: २२ जेष्ठ २०८० ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App