५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रमणबाट फर्कदा सबैले बधाई दिनुहोला भनेर फर्केको थिए यहाँ त विचित्रको टिप्पणी भयो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबारे विचित्रको टिका टिप्पणी भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले आफू भारत भ्रमणबाट फर्कदा सबैले बधाई देलान भनेर फर्किएको तर यहाँ विचित्रको टिका टिप्पणी भएको बताएका हुन्।

उनले भने,'भारत भ्रमणबाट फर्कदा मैले सोचेको थिए सबैले मलाई बधाई दिनुहोला,तर यहाँ त विचित्रको टिका टिप्पणी भयो।'  

उनले सिमानाका विषयमा यति गम्भीर कुराकानी गरिएको र सकारात्मक वातावरणसहित दुवै देश एकै ठाउँमा उभिएको र समाधान गरिन्छ भनिएको यो पहिलोचोटि भएको बताउँदै भूमिसम्बन्धी यताउता गर्‍यो कि भनेर सांसदहरुले प्रश्न गरेको देख्दा चिन्तित  भएको पनि बताए।

प्रकाशित: २२ जेष्ठ २०८० ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App