२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले स्पष्ट नपार्दासम्म संसद् अगाडी बढ्न दिन्नौंः राप्रपा

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरुले पनि आजको बैठकमा विरोध जनाएका छन्। नागरिकता विधेयक प्रमाणीकरण, अखण्ड भारतको नक्सा, लगायतको विरोधमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्दै यसबारे स्पष्ट नपारेसम्म सदन चल्न नदिने बताए।  

लिङ्देनले भने, 'सरकार दलको निर्देशनमा चल्छ भनेका थियौं त्यही भयो। भारत भ्रमणको एक दुई घन्टा अगाडी किन प्रमाणीकरण गर्नुपर्यो? कस्को दाबाव र खुसीको लागि यो प्रमाणीकरण गरियो ? '

त्यस्तै रेशम चौधरीलाई आममाफी दिएको सम्बन्धमा पनि लिङ्देनले विरोध जनाए। 'यो आम माफिको बिषयमा पनि प्रश्न उठाउन चाहन्छौं' उनले भने,  'तीन तहले दोषी प्रमाणित गरेर फैसलाका पूर्व पाठ नआउँदै। दलको सिफारिसमा आममाफी हुन्छ कस्तो नजिर बस्छ।? प्रधानमन्त्री भारत भ्रमण सकेर आउनु भयो। अखण्ड भारतको नक्सा राखियो । महत्वपूूर्ण भूमिको कपिलवस्तु राखिएको छ। त्यसको बारे जबससम्म प्रधानमन्त्री स्पष्ट नपार्दा सम्म संसद अगाडी बढद्छन।'

प्रकाशित: २१ जेष्ठ २०८० ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App