२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालको धार्मिक यात्रा सुरूः महाकालेश्वरमा १०८ किलो रूद्राक्षकाे माला चढाउने

तस्बिरः महाकाल मन्दिरमा चढाउन नेपालबाट ल्याइएको रूद्राक्ष ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्लीबाट हवाई मार्गबाट इन्दौर ओर्लिएर सडक मार्गबाट उज्जैन पुग्दै छन्। इन्दौरको अहलियाबाइ होलकर बिमानस्थलमा प्रधानमन्त्री दहाललाई मध्य प्रदेशको राज्यपाल मंगुभाइ पटेल, मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गर्दै छन्।  प्रधानमन्त्री दाहालले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने मध्य प्रदेशको उज्जैन स्थित महाकालेश्वर मन्दिरमा ११ बजे पुजाअर्चना गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको अतिविशिष्ट 'प्रोटोकल'का कारण महाकालेश्वर मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि बिहान ६ बजेदेखि १२ बजेसम्म ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको छ।

शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ। सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ।

प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरमा १०८ किलो रूद्राक्षको माला चढाउने भएका छन्। मन्दिरमा चढाउन रूद्राक्ष नेपालबाटै ल्याइएको बताइएको छ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहाल पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ। पूजापाठ पछि प्रधानमन्त्री इन्दौर फर्किने छन्। आजै साझ प्रधानमन्त्री र राज्यपाल पटेलबीच भेटवार्ताको तालिका छ। भेटपछी प्रधानमन्त्री इन्दौरको सोलिड वेस्ट म्यान्जमेन्ट प्लान्टको अवलोकन भ्रमण गर्नेछन्।  

प्रधानमन्त्री दहाल इन्दौरको मेरियट होटलमा बस्ने छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्रीको सम्मानमा रात्रीभोज आयोजना गरेको छ । शनिबार बिहान टाटा कन्सल्टेन्सी सर्भिस (टिसिएस) र इन्फोसिस स्पेसल इकोनोमिक जोनको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। दिउसो प्रधानमन्त्री इन्दौरबाट दिल्ली फर्किने छन्।

प्रकाशित: १९ जेष्ठ २०८० ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App