२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद विकास कोषप्रति मेयर बालेनको कटाक्षः सांसदहरू वडा अध्यक्षको लेबलमा आए

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसाद्हरुप्रति कटाक्ष गरेका छन्। उनले आज सामाजिक संजालमा अब सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरेका थिए। यसको सर्वत्र आलोचना भइरहेको छ। सांसद्हरुले विकास गर्न भन्दा कार्यकर्ता पोस्न उक्त कोषको दुरुपयोग गरे भन्दै आलोचना हुँदै आएको छ। 

उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू ?’

प्रकाशित: १६ जेष्ठ २०८० ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App