५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ: प्रधानमन्त्री

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले आफ्नो आसन्न भारत भ्रमणलाई फलदायी बनाउने सन्दर्भमा सुझाव लिएका हुन्।

पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र यस क्षेत्रका विज्ञहरुसँग सुझाव लिने क्रम निरन्तर रहेको जनाउँदै प्रधानमन्त्री दाहालले भने, “अहिलेसम्म सबैको सुझाव सकारात्मक छ, सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने सकारात्मक सुझाव दिनुभएको छ।”

सञ्चारकर्मीले यस पटक गरिने सम्झौताहरुमा राष्ट्रिय सहमति हुन्छ भनी गरिएको प्रश्नमा उनले भने, “राष्ट्रिय सहमति हुन्छ।”  

प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका हुन्। 

प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेका हुन्।

प्रकाशित: १४ जेष्ठ २०८० १६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App