२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारको नीति तथा कार्यक्रमले जनतालाई छुन सकेन: सांसद परियार

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सार्वसाधारण जनतालाई छुन नसकेको टिप्पणी गरेका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उनले सो कुरा बताएका हुन्।

सांसद परियारले विकासको केन्द्रमा जनतालाई राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा त्यसो नभएको बताए। उनले विकासको बहसलाई नयाँ शिराबाट सुरु गरी संविधानले ग्यारेन्टी गरेको मौलिक हकलाई सुरक्षित हुने गरी नीति तथा कार्यक्रम परिमार्जन गर्न पनि सरकारलाई सुझाव दिए।

उनले भने, ‘म यसलाई नितान्त हिजो भन्दा केही फरक छैन त भन्दिन। तर मलाई दुःख लाग्छ। यो नीति तथा कार्यक्रमले यो मुलुकको सरकारी तथ्यांकले भनेको १३ प्रतिशत दलितलाई छुन सकेन। अब विकासबारे नयाँ शिराबाट बहस सुरु गरौं। विकासको केन्द्रमा जनतालाई राखौं। मान्छेको जीवनलाई राखौं। हामी एउटा यस्तो विकासका निर्माण गरौं, विकासको नीति निर्माण गरौं, जसले गर्दा हाम्रो संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारहरुलाई हामीले सुरक्षित गर्न सकौं। ती अधिकारहरुलाई सम्पन्न गर्न सकौं।’

प्रकाशित: १३ जेष्ठ २०८० १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App