१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाप्रति झलनाथको कटाक्षः घण्टी अराजकताको संकेत हो

पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  राष्ट्रिय स्वतन्त्र पार्टी भएको बताएका हुन्।  

उनले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ। कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्। यो प्रकारको एउटा अवस्था आउँछ। ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन्। देशमा आउँदै गरेको अराजकताका। यो देशका जुन ठूला मेजर पार्टीहरु हुन्, जसले क्रान्ति गर्न ठूलो भूमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो। नयाँ भिजनका साथ दशेलाई अघि बढाउनुपर्छ।’

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी पनि दिएका छन्।

प्रकाशित: १३ जेष्ठ २०८० ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App