९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

फेरि मुद्धा परेपछि रविले भने- 'मान्छेलाई 'इरिटेट' गर्ने पनि सिमा हुन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध फेरि मुद्धा दर्ता भएपछि आफू 'इरिटेड' भएको प्रतिक्रिया दिएका छन्। बुधबार रविविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।  

लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका हुन्। लामिछानेले यसको प्रतिक्रिया दिँदै आज सामाजिक संजालबाट मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन्। उनले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकाले जेठ ९ गते नै अदालतलाई बुझाएको पनि जानकारी दिएका छन्।  

यसअघिको मुद्धामा लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा पेस गर्न लगाउने आदेश भएको थियो जसको लिखित जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र अध्यागमन विभागले प्रमाणित निस्सा प्राप्त नगरेको बताएको थियो।  

रविले सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको तथ्य पुष्टि गरेको बताएका छन्।  

उनी लेख्छन्, 

'मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।  

१. सर्वोच्च अदालतको  मिती २०७९र१०र१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।  

२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।  

४. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।'

प्रकाशित: ११ जेष्ठ २०८० ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App