७ वैशाख २०८१ शुक्रबार
राजनीति

शंकास्पद सबैलाई छानबिनमा ल्याउन माग

रास्वपाका सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरे। यो प्रकरणमा मुछिएका कतिपयलाई एकपटक पनि बयानका लागि नबोलाउँदा अविश्वासको वातावरण सिर्जना भएको उनले बताए।

प्रतिनिधिसभाका सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कतिपय व्यक्तिहरूलाई अनुसन्धानको दायरामासमेत नल्याइएको भन्दै असन्तुष्टि पोखे।

रास्वपाका सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरे।

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने र न्यायालयले न्यायको अनुभूति गराउनुपर्ने बताए। ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले जसरी नाम आउन थालेका छन्, एक प्रकारले लाज पनि लजाएजस्तो भएको छ,’ उनले भने, ‘यसमा सरकारको परीक्षा हेर्नुछ, परीक्षा छ, अनुसन्धान कसरी भइरहेको छ, सबै नागरिकले हेरिरहेका छन्।’

राज्यविरुद्धको अपराधमा संलग्न सबै व्यक्तिलाई छानिबिनको दायरामा ल्याउनुपर्ने धारणा राख्दै उनले भने, ‘एकएक मान्छे चाहे त्यो घरको मान्छे होस्, चाहे त्यो बार्दलीको मान्छे होस्, चाहे त्यो नेता होस्, चाहे त्यो नाता होस्, सलाम गर्ने होस्, सलामी लिने होस्, एकजना मान्छे पनि छुट्नु हुँदैन, दुधको दुध पानीको पानी हुनुपर्छ, आम नेपाली नागरिकले चाहेको कुरा यही हो।’

सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुने बताउँदै थापाले भने, ‘न्यायालयले पनि यो विषयमा मैले न्याय गरें भनेर मात्र पुग्दैन। न्यायको अनुभूति हुनुपर्छ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलाई आम नागरिकले हेरिरहेको थापाले बताए।

सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुने बताउँदै थापाले भने, ‘न्यायालयले पनि यो विषयमा मैले न्याय गरें भनेर मात्र पुग्दैन। न्यायको अनुभूति हुनुपर्छ।’

थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार न्यूनीकरण हुने बताए। भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने उनको भनाइ थियो। उनले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थ द्वन्द्वको कानुन, संवैधानिक निकायमा नियुक्तिलगायतका विषयलाई पनि एकठाउँ जोड्नुपर्ने धारणा राखे। ‘लोकसेवा आयोगको भूमिका बढाउनेदेखि लिएर प्रदेशलाई सञ्चालन गर्ने कुरासँग स्वार्थ द्वन्द्वको कानुनदेखि लिएर संवैधानिक निकायमा नियुक्तिसम्मका विषयहरूलाई एकठाउँमा जोडेर राख्यो भने मात्रै हामीले भ्रष्टाचार न्यून गर्छौं,’ उनले भने।

सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी नभएको पनि थापाले बताए। उनले भने, ‘म सरकारको ध्यानाकर्षण गराउँछु यो वर्ष यसरी नै आयो, यसरी नै लियौं। तर अर्को वर्ष पनि नीति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि छलफल यसरी नै हुने हो भने मैले अन्य माननीयहरूलाई पनि आग्रह गर्छु, त्यस्तो बजेटको सिद्धान्तको छलफलमा भाग नलिऊँ। सरकारको पनि समय बर्बाद हुन्छ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरे। ‘यस प्रकरणमा मुछिएका मान्छेलाई हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ। यसका लागि संसदीय छानबिन समिति बनाएर यसको निष्पक्ष छानबिन गर्नुपर्ने हुन्छ’, उनले भने।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरे।

उनले दिनदहाडै बालुवाटार, सिंहदरबार र मन्त्री निवासमा लेनदेन भएको भन्दै शरणार्थी प्रकरणमा नाम मुछिएका कतिपयलाई छानबिन दायरामा ल्याउन माग गरेका छन्। ‘जुनजुन निकायहरू यसमा लागिपरेका छन्। कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सम्माननीय सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु कि ज-जसको नाम आएको छ, तिनलाई सोधपुछसमेत गर्न नहुने गरी सरकार किन डराएको हो?’

भुटानी शरणार्थी प्रकरण सन्दर्भमा गृहमन्त्री र प्रधानमन्त्रीले ‘मुटु दह्रो छ’ भनेको प्रसंग जोड्दै लामिछानेले नाम मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरे। ‘गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो। प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो। उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने?’ लामिछानेले भने, ‘एकाएक बेपत्ता भएका व्यक्ति बयान सकिएपछि संसद्मा देखिएको र मिडियामा तामातुलसी भाग्दै कसम खाएको दृश्य देखिएको छ।’

यो प्रकरणमा मुछिएका सबैलाई एकपटक पनि बयानका लागि नबोलाउँदा अविश्वासको वातावरण सिर्जना भएको उनले बताए। ‘उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्‍यो, खुट्टा कमाउनु भएन’, उनले भने।

भुटानी शरणार्थी प्रकरण सन्दर्भमा गृहमन्त्री र प्रधानमन्त्रीले ‘मुटु दह्रो छ’ भनेको प्रसंग जोड्दै लामिछानेले नाम मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्का सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकाले दिएको बयानका आधारमा पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथिसमेत छानबिन हुनुपर्ने माग गरे। उनले भने, ‘आइजिपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसमेत नाम जोडिएको छ।

नो इफ नो बट सबैमाथि तुरन्त छानबिन होस्। नक्कली भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनुभएको ट्रेलरका आधारमा उत्साहित भइयो। तर यो फिल्मको दृष्य यति काँटछाँट गरिँदैछ कि फिल्म त साह्रै बकवास हुन खोज्दैछ।’

सरोकारवालाको चासो

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद केही व्यक्तिलाई छाडेर मुद्दा दर्ता गर्न लागिएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन्।

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसी, पूर्वउपकुलपति तथा पूर्वराजदूत केदारभक्त माथेमा, भोजराज पोखरेल, मोहना अन्सारी, त्रिरत्न मानन्धरले अरू भ्रष्टाचार काण्डमा जस्तै शरणार्थी प्रकरणमा पनि दण्डहीनता हाबी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको बताएका छन्। ‘शरणार्थी प्रकरण छानबिनक्रममा प्रहरी अनुसन्धानले भ्रष्ट उम्कन पाउँदैन भन्ने आसा पलाएको थियो। कुनै किसिमको दबाब वा मोलाहिजामा नपरी यो प्रकरणका सबै दोषीलाई छानबिन र अभियोजनमा ल्याइनेछ भन्ने आम माग रहेको छ’, उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित: ११ जेष्ठ २०८० ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App