११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

यथास्थितिमा निर्वाचनमा जान सकिँदैन : अध्यक्ष महतो

चितवन– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताएका छन् । 
बिहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए ।
 
आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताए । 

सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताए । उनले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताए । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताए । 

नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उनले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताए । 

उनले भने, “जनताले कुनै पनि दललाई निषेध गर्न सक्छन् ।” एमालेले तराईका जनताका विरुद्धमा काम गरेको आरोप लगाउँदै उनले त्यसको प्रतिवादमा जनता आएको बताए । एमालेको जिद्दीपनका कारण समस्या आएको पनि उनले आरोप लगाए । रासस 

प्रकाशित: ३ चैत्र २०७३ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App