२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

किसान मार्ने खेल राज्यले नगरोस्ः सांसद् निशा डाँगी

प्रतिनिधिसभा सांसद निशा डाँगीले स्वदेशमा उत्पादन भइरहेको दुधले बजार नपाइरहेको अवस्थामा राज्यले भारतबाट दुध आयात गरेर किसान मार्ने खेल खेलीरहेको आरोप लगाएकी छिन्।  

उनले सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा जेठ सात गते प्रकाशित डडेलधुराको एउटा समाचारको हवाला दिँदै भनिन, ‘नेपालमा उत्पादन भइरहेको ८५ प्रतिशत दुधले बजार पाएका छैन। राज्यले सहरी क्षेत्रमा पनि दुध अभाव भयो भनेरमा नेपालमा ‘मिल्क होलि डे’को नाममा भारतबाट १ लाख ५० हजार लिटर आयात गर्ने चलखेल भइरहेको छ।’

सांसद डाँगीले थपिन, ‘यो देशभरीको अवस्था हो। डडेलधुरमा मात्र होइन, देशभरीको अवस्था यस्तै छ। किसानलाई निरुत्साहित पार्ने यस्ता श्रृखंलावद्ध खेलहरु बन्द हुनुपर्दछ। किसानका गोठभरी गाईभैसी छन्। तर दुध खेर गइरहेको छ।’  

उनले जेठ ७ गते प्रकाशित भारतीय दुधलाई काखा, स्वदेशीलाई पाखा शिर्षकको समाचार उद्दृत गर्दै आफ्नो धारणा राखेकी हुन।

प्रकाशित: ८ जेष्ठ २०८० ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App