काठमाडौं, फागुन ३० (नागरिक)– मधेसी मोर्चाले सरकारलाई दिएको सातदिने अटिल्मेटम मंगलबार सकिँदैछ । मोर्चाले गत फागुन २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाई सात दिनभित्र स्थानीय चुनाव मिति फिर्ता लिन र परिमार्जनसहित संविधान संशोधन गर्न माग राखेको थियो ।
सात दिनभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने प्रधानमन्त्रीलाई मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । नयाँ परिस्थितिमा के गर्ने भन्नेबारे मोर्चाको सचिवालय बैठक मंगलबार बस्दैछ।
सचिवालय बैठकले आन्दोलनको रूपरेखा तयार गर्ने मोर्चाका नेताले बताएका छन् । बुधबार मोर्चाको शीर्ष बैठक बस्ने भएको छ। सचिवालयले तय गरेको आन्दोलनको रूपरेखाबारे मोर्चाको बैठकमा छलफल हुने मोर्चाका नेता केशव झाले बताए ।
प्रकाशित: १ चैत्र २०७३ ०३:५० मंगलबार