५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदबाट पारित हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिन भित्रै संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदबाट पारित हुने बताएका छन्।

वेपत्ता योद्धा परिवार समाजले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतीमा नै सो विधेयक संसदबाट पारित हुने दावी समेत गरेका छन्।

प्रधानमन्त्री दाहालले वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताए। 

उनले शान्ति प्रक्रियाका बाँकि काम २ वर्ष भित्रै टुंगोमा पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरे। प्रधानमन्त्री दाहालले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई राष्ट्रिय शहीद दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताएका छन्।  

प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको स्टे अर्डरका कारण रोकिएको समेत स्पष्ट पारे।

प्रकाशित: ७ जेष्ठ २०८० १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App