३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारद्वारा काबुल गाेलीकाण्डको निन्दा

काठमाडौं– सरकारले अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० जना भन्दा बढी मारिएकाे घटनाकाे निन्दा गरेकाे छ।

घटनामा कैयौँ घाइते भएको खबरबाट मर्माहत भएको भन्दै सरकारले त्यसकाे निन्दा गरेको हाे। 

आतङ्कवादका सबैै रुप र प्रकटीकरणविरुद्ध नेपाल सरकारको स्पष्ट अडान छ र त्यसको निन्दा गर्छ भन्दै परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सो निकृष्ट घटनाका दोषीलाई चाँडै न्यायको कठघरामा उभ्याइने विश्वास व्यक्त गरेको छ । 

सरकारले दुःखको यस घडीमा नेपाली जनताका तर्फबाट अफगान सरकार, त्यहाँका जनता र मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस 

प्रकाशित: २६ फाल्गुन २०७३ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App