६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

टिआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

कानून, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर रहेको नुभएको समिति सभापति (ज्येष्ठ सदस्य) मंगलप्रसाद गुप्ताले बताए।

उनका अनुसार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधन कर्ता तथा सरोकारवालाहरुसँग छलफल गरी दफावार छलफल समेत गरेर उपसमितिले काज प्रारम्भ गरेको तीन साताभित्र समिति समक्ष प्रतिवेदन पेस गर्नुपर्ने बताए।

उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधन कर्ता तथा सरोकारवालाहरुसँग छलफल गरी दफावार छलफल समेत गरेर उपसमितिले काज प्रारम्भ गरेको तीन साताभित्र समिति समक्ष प्रतिवेदन पेस गर्न देहायबमोजिमका माननीय सदस्यहरु रहनुभएको छ। ११ सदस्यीय उपसमिति गठन गर्ने, सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर। उपसमितिले आफ्नो संयोजक आफैँ चयन गर्न सक्नेछ। आफ्नो कार्यविधि आफैँ निर्णय गर्नसक्ने।’

प्रकाशित: ५ जेष्ठ २०८० ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App