६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसी मोर्चाको आकस्मिक बैठक जारी

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आकस्मिक बैठक बसिरहेकाे छ । सप्तरी घटना पछि मोर्चाको बैठक  बसेकाे हाे। 

सप्तरी घटनापछिको विषयलाई लिएर मोर्चाको आकस्मिक बैठक बसेकाे सद्भावना पार्टीका महासचिव मनिष सुमनले नागरिक न्युजलाई बताए।

सप्तरी घटनाबारे छलफल गर्न र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकले निर्णय लिने उनले बताए।

नेकपा एमालेको मेची- महाकाली अभियानको क्रममा सप्तरीमा आयोजित सभाकै क्रममा प्रहरीसँग झडप हुँदा एक मोर्चा कार्यकर्ताको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।

प्रकाशित: २३ फाल्गुन २०७३ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App