९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

लडाकुको नाममा भ्रष्टाचार भयो भन्नु कपोकल्पित र पूर्वाग्रही,दोषी ठहरिए जेल जान तयार छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व माओवादी लडाकुको नाममा भ्रष्टाचार भयो भन्नु कपोकल्पित र पूर्वाग्राही भएको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको जवाफ दिंदै दाहालले पूर्व माओवादी लडाकुको नाममा भ्रष्टाचार भयो भन्नु कपोकल्पित र पूर्वाग्राही भएको र कसैले दिएको उजुरीको आधारमा छानबिन गरेर दोषी ठहरिए जेल जान तयार भएको बताएका हुन्।

शाहीले पूर्व माओवादी लडाकुको नाममा राज्यको कोषबाट अरबौ रुपैयाँ गयो ती लडाकु को हुन? कहाँ गए आजसम्म सार्वजनिक गरिएको छ। ८४६० लडाकुको नाममा ५ बर्षसम्म राज्य कोषबाट व्यापक भ्रष्टाचार भयो भन्ने तपाईलाई नै आरोप छ। यसमा संसदीय समिति गठन गरेर तयार हुनुहुन्छ? भन्दै प्रश्न गरेका थिए।

दाहालले क्यान्टोमेन्टमा पूर्व जनमुक्त्ति सेनालाई राख्ने निर्णइ भएपछि भौतिक पूर्वाधार र रासन पानीलाई दिएको रकमको हिसाब रहेको भने बताएका छन्। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले क्यान्टोनमेन्टका लडाकुहरुको हिसाब रुजु गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसमा कुनैपनि भ्रष्टाचार नभएको जिकिर गरे ।

प्रकाशित: ४ जेष्ठ २०८० ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App