१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

सप्तरीमा एमालेको सभा सुरु, कार्यक्रम स्थल वरपर मोर्चाको प्रदर्शन

सप्तरी-  मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेले सप्तरीमा आयोजना गरेको सभा सुरु भएको छ। कार्यक्रम स्थल गजेन्द्र नारायण औधोगिक क्षेत्रमा एमाले अध्यक्ष तथा तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल  र झलनाथ खनाल आइपुगेका छन्। सभालाई एमाले नेता रामपृत पासवानले सम्वोधन गरिसकेका छन्।

कार्यक्रम स्थल नजिकै मोर्चाका कार्यकर्ताहरुले विरोध जनाएका छन्। उनीहरुले कालोझण्डा सहित नारावाजी गरेका छन्। झडप हुन सक्ने खतरा औंल्याउँदै कार्यक्रम स्थल वरपर व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मोर्चाका कार्यकर्ताहरु कार्यक्रम स्थल नजिकै रहेको गुहँवारीमा प्रदर्शन गरिरहेका छन्।

 

प्रकाशित: २३ फाल्गुन २०७३ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App