२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नाउपाले भन्याे: 'रेशमलाल चौधरी हत्यारा भए फासि दिए हुन्छ'

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले  रेशमलाल चौधरी लगायतका राजबन्दी हत्यारा भए फासीको ऐन बनाएर फासि दिए हुने भन्दै आक्रोश व्यक्त गरेकाे छ। 

नाउपाले टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजानिक गर्न माग गर्दै रेशमलाल चौधरी लगायतका राजबन्दी हत्यारा भए फासीको ऐन बनाएर फासि दिए हुने बताएकाे हाे। 

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाउपाले सरकार समक्ष दुई वटा माग राखेको छ। 'सरकार हाम्रो मात्र २ वटा माग छ। एक सम्मानित सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजानिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोगको प्रतिवेदन सार्वजानिक गरिनुपर्छ र दोस्रोमा यदि रेशमलाल चौधरी लगायतका राजबन्दी हत्यारा हुन भने फासि दिने ऐन  बनाएर रेशमलाल चौधरीलाई फासि दिए हुन्छ।' विज्ञप्तिमा भनिएको छ।  

पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम गर्ने घोषणा गरेको छ। नाउपाले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको हो।  

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे जेठको ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शन, कोण सभा गर्ने र जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गर्ने नाउपाले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App