१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा निष्पक्ष काम गर्न सांसदहरुको माग

सार्वजनिक लेखा समितिले बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा निष्पक्ष भएर काम गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै धेरै सांसदहरुले मुलुकमा भइरहेका नीतिगत भ्रष्टाचार र अनियमितताका विषयमा निष्पक्ष भएर काम गर्न माग गरेका हुन्।

उनीहरुले समितिमा पार्टीगत रुपमा भन्दा पनि भ्रष्टाचार र मुलुकमा हुने अनियमितताका विषयमा निष्पक्ष भएर काम गर्नुपर्ने बताए। सांसदहरुले पछिल्लो राज्यको सम्पती हिनामिना भइरहेको विषयमा पनि समिति गम्भिर भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनीहरुले स्थानीय,प्रदेश र केन्द्र सरकारसम्मको बेरुजु बढ्दै गएको र नीतिगत भ्रष्टाचार वृद्धि हुँदै गएको भन्दै लेखा समितिले नियन्त्रण गर्ने विषयमा काम गर्नुपर्ने बताए। समिति बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मुलुकको बहुदलीय व्यवस्था र संसदीय प्रणाली माथि नै प्रश्न उठिरहेको बताए। उनले सरकारको कार्यशैलीको कारणले नै प्रश्न उठ्ने वातावरण बन्दै गएको बताए। उनले राज्यसंयन्त्र भित्र नै बेथिति,भ्रष्टाचार अनियमितता प्रशासनिक र राजनीतिक नेतृत्व संलग्नताले गम्भिर प्रश्नचिन्ह खडा भएको बताए। उनले अहिलेको व्यवस्थालाई जनमुखी र पारदर्शी बनाउनमा सार्वजनिक लेखा समितिको बढी भुमिका रहेको बताए।  

त्यस्तै,नेकपा (एकीकृत समाजवादी) सांसद प्रेमबहादुर आलेले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्य नै सहभागिता भएर नालायकी काम गरेको बताए। उनले नक्कली भूटानी शरणार्थीको विषयमा समितिले भत्र्सना गर्न माग गरे। सरकारमा रहेका मन्त्रीहरु पनि कठघरामा जाने अवस्था देखिएको उनले बताए। उनले राज्यको सम्पतीहरु हिनामिनाको छानबिन गर्नुपर्ने बताए।

त्यस्तै,स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नीतगत निर्णयका कारण मुलुकमा बेरुजु बढ्दै गएको बताए। उनले बेरुजु बढ्दै जानुमा नितीगत भ्रष्टाचारमा वृद्धिको प्रमुख कारण रहेको बताए। लेखा समितिले नीतिगत भ्रष्टाचारका विषयमा गम्भिर भएर छलफल गर्न आवश्यक रहेको उनले बताए।

समिति सदस्य गोकुलप्रसाद बास्कोटाले सार्वजनिक लेखा समिति कार्यान्वयन कर्ता जस्तो बन्न नहुने बताए। समितिले लोकप्रियका लागि भन्दा पनि आदेश दिएको कुरा ठिक हुन आवश्यक रहेको उनले बताए। उनले समितिलाई निपष्क्ष,पारदर्शिता,जवाफदेहिता बनाउने र बेथितिलाई नियन्त्रण गर्न समिति सक्रिय हुनुपर्ने बताए। समितिको बैठक सत्तापक्षलाई खुशीपर्दा र राजनीतिक मुद्दाहरुमा अल्झनु भन्दा पनि विषयगत रुपमा गएर दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै अर्का सदस्य लेखनाथ दाहालले लेखापरीक्षणमा कमिसन मिल्दा बेरुजु फस्र्याैट हुने कमिसन नमिल्दा बेरुजु फस्र्यौट नहुने अवस्था रहेको बताए। उनले कमिसनमा आधारित बेरुजुलाई इमान्दारका अन्त्य गर्नुपर्ने बताए। बेरुजु फस्र्यौट गर्ने निकाय नै भ्रष्टाचारमा संग्लनता देखिन थालेको उनको भनाइ छ। 

प्रकाशित: २ जेष्ठ २०८० ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App