२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

०४६ साल पछिका उच्च नेता र कर्मचारीको सम्पती छानबिन गर्न राप्रपाको माग

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेता र कर्मचारीहरुको सम्पती छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गरेको हो। त्यस्तै अवैध सम्पती जफतको समेत माग गरिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको इमान्दारितापूर्वक छानबिन गर्न पनि राप्रपाले माग गरेको छ।

ज्ञापनपत्र बुझाएसँगै सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषी उम्किनुनहुने र निर्दोष फस्नु नहुने कुरा आफुहरुले राखेको बताए। त्यसैगरी विगतमा भएका ठूला–ठूला भ्रष्टाचार काण्डको फाइल खोल्नपनि माग गरिएको उनले जानकारी दिए।

उनले भने, ‘यो प्रकरण विगतका भ्रष्टाचार काण्डहरु जस्तो, विगतको अनियमितताहरुमा भएको छानबिन जस्तो, छानविन प्रक्रिया अगाडी बढ्ने र बिचमा हराउने, सेलाउने प्रकारको नहोस्। र त्यसमा निष्पक्षता, इमान्दारीतापूर्वक छानबिन होस्। कोही पनि निर्दोषहरु नपरुन्। दोषी कोहीपनि नउम्किउन्। कुनैपनि तहका मानिसहरुले उन्मुक्ति नपाउन् र विगतका ठूला ठूला भ्रष्टाचार काण्डका फाइलपनि अब खोलिनुपर्छ। २०४६ सालपछिका उच्च पदस्थ नेता, कर्मचारीहरुको सम्पती छानबिन गर्नुपर्छ। अवैध सम्पतीहरु जफत गरिनुपर्दछ भनेर हामीले ज्ञापनपत्रमार्फत सरकारलाई सचेत गरायौँ। यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सडक र सदन दुवैतर्फ उभिन्छ भनेर हामीले भनेका छौँ। यो दलको, त्यो दलको, यो पक्षको, उ पक्षको भन्ने होइन कुनैपनि भ्रष्टाचारी यसबाट उन्मुक्ति पाउने अवस्था सिर्जना हुनुहुँदैन । सबैलाई छानविनको दायराभित्र ल्याउनुपर्दछ। ज–जसको नामहरु अहिले देखिएको छ उनीहरुलाई कारबाहीको दायरामा ल्याएर सत्य, तथ्य सार्वजनिक गर्नुपर्छ। प्रधानमन्त्रीले म पछि हट्दिन। यो चुनौतीलाई अवसरको रुपमा लिएको छु भन्नुभएको छ।’

प्रकाशित: २९ वैशाख २०८० १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App