२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

टोपबहादुरले पठाए संसद् सचिवालयलाई आफू बिरामी भएको इमेल

प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन्।

संसद सचिवालयका अनुसार रायमाझीले आफू विरामी भएको भन्दै सचिवालयलाई इमेल पठाएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ। तर रायमाझी फरार छन्।

आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

प्रकाशित: २७ वैशाख २०८० ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App