२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघ र प्रदेशका मन्त्रालय संख्या घटाऔँः सांसद गुरुङ

नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिदैँ सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताएका हुन्।

त्यसैगरी प्रदेशमा मन्त्रालयको संख्या ७ वटा कायम गर्नुपर्ने उनले बताए। उनले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतिका लागि मन्त्रालय संख्या घटाउन आवश्यक रहेको बताए। त्यस्तै संघीय सरकार अन्तर्गतको विभागहरु घटाएर १५ विभाग कायम गर्नुपर्ने र जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने उनले बताए।

उनले भने, ‘संघमा २५ वटा मन्त्रालय बनाउँदै छौँ। संघीय शासनमा मुलुक गइसकेपछाडी प्रशासन सुधार, सुझाव आयोगले दिएको प्रतिवेदनको आधारमा के भन्छ भनेदेखि १२ देखि १५ वटा मन्त्रालय संघमा चाहिन्छ। प्रदेशमा ७ वटा मन्त्रालय चाहिन्छ। अहिले हामी प्रदेशमा १२/१३ वटा मन्त्रालय चलाउँदै छौँ। ७ मा झारौँ। त्यो एउटा प्राथमिकता राखौँ। दोस्रो कुरा संघको मन्त्रालय १२ देखि १५ राखौँ। त्यसले पनि धेरै फजुल खर्च अन्त्य हुन्छ। तेस्रो कुरा संघ सरकार अन्र्तगत जति विभागहरु छन्। ति विभागहरुलाई घटाएर हामी १५ वटा विभागमा झारौँ । यति भयो भने धेरै फजुल खर्च घट्छ। संविधान संशोधन गरेर भएपनि यो अनावश्यक बोझ ७७ जिल्लामा बसेको जिल्ला समन्वय समिति भंग गरेर, यसलाई खारेज गरेर १५ सय कर्मचारीको फजुल खर्च हट्छ। १५ सय कार्यालयहरु हट्छ । १५४ वटा गाडीहरुको फजुल खर्च घट्छ। तेल खर्च, कार्यालय खर्च घट्छ। यसो गरेर फजुल खर्चबाट मुक्त गरेर अगाडी बढायो भने जनतालाई एउटा विश्वास हुन्छ।’

उनले पुँजीगत खर्च अभिवृद्धि गर्ने उपायहरुको सम्बन्धमा सरकारले सोच्नुपर्ने बताए। पूर्वाधारहरुको सम्बन्धमा नयाँ योजना आवश्यक नभएको भन्दै निर्माणाधिन अवस्थामा रहेका ठूला आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।  

प्रकाशित: २७ वैशाख २०८० ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App