२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्व एआईजी शर्मा भन्छन्- 'शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई खाण गृहमन्त्री हुँदा छुटाइयो'

तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण र पूर्व एआइजी विज्ञानराज शर्मा

नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन्।

पूर्व एआईजी शर्माले यो दाबी आफ्नो टिकटकमार्फत् गरेका हुन्। शर्माले खाण गृहमन्त्री हुँदा नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिलाई प्रहरीले समातेपनि राजनितिक दबाबमा उनीहरुलाई छाडिएको दाबी गरेका छन्।

शर्मा २०७३ फागुनमै एआइजीबाट अवकाश भएका थिए। अहिले प्रहरीले यसमा संलग्न गिरोहलाई नै पक्राउ गरेको छ। उनीहरुको बयानका आधारमा गृहप्रशासनसँग जोडिएको उच्च पदस्थ व्यक्ति र राजनितिक व्यक्तिको नाममा धमाधम पक्राउ पूर्जी जारी भइरहेको छ। यसै सन्दर्भमा उनले टिकटक बनाएर यस्ताे दाबी गरेका हुन्।

त्यसबेला केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने योजना बनाएको गिरोहले उनको सरकार ढलेपछि देउवा सरकार आएको र खल्लीबल्ली भएको दाबी शर्माको छ। त्यसपछि गिरोहले पैसा फिर्ता नदिएपछि प्रहरीमा उजुरी परेको आधारमा दुई व्यक्ति पक्राउ परेका थिए।  

करिब दुई मिनेट लामो भिडियोमा उनले लगाएको आरोप गम्भीर छ। उनले त्यतिखेर बादलको छोरा र तत्कालिन उपराष्ट्रपति नन्दकिशोर  पुनका छोरा (दिपेश पुन) मिलेमतोमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप भएको यसबारे सबै जानकार रहेको दाबी पनि गरेका छन्।  

टिकटक भिडिओमा उनले भनेका छन्...

.....सानु भण्डारीले अहिले फरार रहनुभएका उपप्रधानमन्त्री (टोपबहादुर रायमाझी) लाई मामा भन्थ्यो। उहाँसँग नजिक भयो। (रायमाझीले) सहज गरिदिएको भन्नुहुन्थ्यो। सहजीकरण मात्र गरिदिएको भए अहिले किन फरार हुनुपर्थ्यो रुअगाडि आएर आफ्नो कुराहरू भनेको भए हुन्थ्यो। उहाँको छोरा उहाँसहित भएपछि आत्मबल बढ्यो अगाडि बढेको काम गर्न थाले।

काम गर्न थालेपछि पैसा दिन सक्ने नक्कली शरणार्थी खोज्न थाले। पूर्वमा झापा मोरङ, पश्चिममा दाङ, प्युठान, सल्यान, मोरङ, रूकुम, रोल्पा, गोरखाहरुमा मान्छे खोज्न थाले। र त्यसपछि आएर यिनीहरुअगाडी बढाउन थाले।

यो बीचमा रामबहादुर थापा पनि गृहमन्त्री भए।  त्यसपछि इन्द्रजित राई सुरक्षा सल्लाहकार भए। र रामबहादुर थापाका छोरा पनि त्यसमा संलग्न हुन थाले। कतिपय पीडितहरुलाई फोटो देखाएर पनि आश्वस्त पार्न थालियो।

त्यतिखेर बादलको छोरा र तत्कालिन उपराष्ट्रपति नन्दकिशोर  पुनका छोरा (दिपेश पुन) मिलिभगतमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप थियो भने कुरा सर्वविदितै छ। इन्द्रजित राई आउपछि गृह प्रशासन थप मिल्न थाल्यो। साना साना कुरामा पनि उनीहरुको उ हुन्थ्यो।

कति शरणार्थी छुटेको भन्ने पत्ता लगाउन त्यतिबेला सहसचिवको संयोजकत्वमा गठित कार्यदलका तीन जना गएका हुन्। ४२९ जना छुटेको नामावली उनीहरूले ल्याए। त्यसमै १२५ जना विचौलियाहरूले थपेका पाइएको थियो। गोप्य डकुमेन्ट कसरी बाहिर आयो। त्यो पनि गृहमन्त्रालयबाट यो पनि एकदमै सेन्सेटिभ छ।  

त्यसपछि आएर एमालेको सरकार ढल्यो। शेरबहादुर देउवाको सरकार आइसकेपछि हल्लीखल्ली भयो। पैसा पनि लिइसकेको छ। कतिको फिर्ता गरिदिए। पैसा फिर्ता नहुनेहरू प्रहरीमा उजुरी लिएर गए। त्यतिखेर प्रहरीले दुई जनालाई समातेको थियो। पछि  राजनीतिक दबाबमा छोडेको हो। अब उनीहरुलाई पनि काम गर्न गाह्रो भएपछि उनीहरुले ट्रयाप गर्न थाले। अहिलेका टेकनारायण पाण्डेलाईं...

हेर्नुस् भिडियाेः 

नक्कली शरणार्थी प्रकरणमा मन्त्री गृहमन्त्री भइसकेको राजनितिक व्यक्ति, तिनका सन्तान र गृहप्रशासनका उच्च पदस्थ व्यक्ति मुछिएपछि राजनितिक वृतमा तरंग फैलिएको छ। 

प्रकाशित: २५ वैशाख २०८० ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App