१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने सांसद जबराको जिकिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन्। 

आइतबार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सांसद जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरे। उनले देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उल्लेख गरे।

उनले भने, ‘सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन, कुनैपनि बेला जे पनि हुनसक्छ। तर यो बिडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन। यो मुलुकमा जस्तो जे स्थिति आउँछ, राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा त्यो परिस्थितिलाई सामना गर्न तयार छ।’

सांसद जबराले नेपालमाथि आइपर्ने समस्याको सामना गर्न राप्रपा तयार रहेको बताए।  

प्रकाशित: २४ वैशाख २०८० ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App