राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संयुक्त बैठक सुरु भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय गर्ने सम्भावना छ।
रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ।
प्रकाशित: २२ वैशाख २०८० १२:३४ शुक्रबार