coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन तत्काल गर्नुपर्छः नेता गौतम

प्यूठान– वर्तमान सरकार निर्वाचन नगर्ने पक्षमा रहेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आरोप लगाएका छन्। विद्यालयस्तरीय आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुक्रबार प्यूठानको बिजुवारमा उद्घाटन गर्दै नेता गौतमले तत्काल निर्वाचन गर्नुपर्ने धारणा राखेका हुन्।

‘यो सरकार चुनाव गराउने पक्षमा देखिएको छैन,’ उनले भने, ‘राजनीतिक उपलब्धिको रक्षाका लागि तत्काल चुनाव गर्नु आवश्यक छ।’ स्थानीय तहको निर्वाचनले परिवर्तन संस्थागत हुनुका साथै जनताले विकासको अनुभुति गर्ने उनको धारणा थियो। ‘चुनावपछि देश विकास निर्माणमा अगाडी बढ्छ,’ उनले भने, ‘जनता विकासको पखाईमा छन्।’

नेता गौतमले खेलकुदले धुव्रीकरण भन्दा एकतामा जोड दिने भएकाले खेलकुदको विकास आवश्यक रहेको बताए ।

प्रतियोगिताका विजयी खेलाडीलाई संसदबाट पाउने आफ्नो एक महिनाको पारिश्रमिक पुरस्कार प्रदान गर्ने घोषणासमेत गरेका छन्। नेता गौतमले गणतान्त्रिक झिमरुक खेलकुद मैदानको विकासमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
 

प्रकाशित: २८ माघ २०७३ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App