५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

वर्तमान सरकारले केही पनि गर्न सक्दैन्: अध्यक्ष ओली

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दावी गरेका छन्।

नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरु सल्बलाउन थाल्दा पनि सरकार गम्भिर नभएको ओलीको भनाइ थियो।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरिहता मात्रै प्रकट गरिरहेको जिकीर गरे। ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए। अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरवारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताए।  

उनले भने, ‘हामी नेपाली जनता यतिबेला गम्भिर हुनुपर्ने अवस्थामा आएका छौं। अहिले  चौंतर्फी ढंगले अनेक प्रकारका तत्वहरु, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरुको विरुद्ध सक्रीय भएर सल्बलाउन थालेका छन। कोहीकोही दुलाबाट फुत्त निस्केलानकि जस्तो गरेर दुलोबाट मुसोले विरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन। नेपाली जनता सजग हुनु पर्दछ। र, अहिलेको सरकार सरकारमा किन बसीरहेको छ? जनताले हटाउन सकिराखेका छैनन। त्यो आफ्नो ठाउँमा छ। तर सरकारनै किन बसीराखेको छ? अचम्म लाग्दो छ किन बसीराखेको छ? केही पनि गर्न नसक्ने सरकार। सिंहदरबारको फोहोर उठेन भन्यो। एउटाले फोहोर उठाउदिन भन्यो। उसले उठाउने नै होइन। सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नै होइन। सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ। अनि महानगरले उठाउन्न भन्यो। त्यसले उठाउने नै होइन सरकार भन्न सक्दैन। सरकारले लगाएको ठेकदारले उठाउन थपक्क छोड्यो। किन उठाउन छोड्यो? ठेकदारले के सिंहदरबारमा फोहोर थुपारेर रोग फैल्याउन पाईन्छ? कुनै प्रकारको षडयन्त्र गर्न पाईन्छ ? यहाँ फोहोरमाथि राजनीति गर्ने प्रपञ्च भइराख्या छ। जनतालाई पीरमर्का पार्ने काम भईराखेको छ। सरकार निरिह छ। केही गर्दैन। सहरी विकास मन्त्रालयलेनै ठेक्का लगाएर त्यहाँको फोहोर उठाउने काम भइरहेका छन। त्यहाँ ठेक्का लिने ठेकदारले अन्यत्र पनि फोहोर उठाउने काम गरिराखेको छ। जनतालाई थाहा छैन।’

प्रकाशित: १८ वैशाख २०८० ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App