१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बारा-२ मा उपेन्द्र यादव निर्वाचित

फाइल तस्बिर।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।

उनले २८ हजार ४ सय १५ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने जम्मा २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन्।

बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।

प्रकाशित: १२ वैशाख २०८० १९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App