५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवनमा २ : रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि

फाईल तस्विर

चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि रहेका छन।  

५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत साथ अग्रस्थानमा रहेका छन । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन्।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन्।

७८ हजार २७७ मत खसेकोमा अब २१ हजार ७७७ मत गणना हुन बाँकी छ ।  मसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिसप्रधि उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए । अहिलेसम्म भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ । अब कालिका नगरपालिकाको मतगणना सुरु हुँदैछ । लामिछानेले भरतपुर र इच्छाकामना दुवै ठाउँमा आम निर्वाचनमा भन्दा बढाएका छन् ।

प्रकाशित: १२ वैशाख २०८० ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App