१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भयो: गृहमन्त्री श्रेष्ठ

फाइल तस्बिर।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उनले यो वा त्यो कोणबाट उपलब्धि माथि आक्रमण बढिरहेको बताएका हुन्।

प्रतिगमनलाई परास्त गर्न राजनीतिक दलहरु अझै सचेत भएर लाग्नुपर्नेमा जोड दिँदै उनले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलको आवश्यकता रहेको उल्लेख गरे।

'संविधानका उपलब्धिलाई औपचारिकरुपमा नै खोस्ने वा संविधानका प्रावधानलाई उल्लङ्घ गर्ने प्रवृत्ति देखा परेका छन्', उनले भने, 'त्यस्ता प्रवृत्तिविरुद्ध हामी लड्यौँ, त्यसलाई परास्त बनायौँ।'

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने दायित्व वर्तमान सरकारको काँधमा रहेको भन्दै उनले संविधानमार्फत उपलब्धिलाई संस्थागत तथा सेना समायोजन सम्पन्न भएको र अब सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम बाँकी रहेको बताए।

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबन आयोगलाई पूर्णता दिएर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सकिने उनको भनाइ छ।

प्रकाशित: ९ वैशाख २०८० ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App