४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शेरबहादुर जीसँग मेरो ‘लभ’ परेको छः प्रधानमन्त्री दाहाल

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ‘लभ’ परेको बताएका छन्।

उनले बिहीबार चितवन २ मा चुनावी सभालाई सम्बोधन गर्नेक्रममा उक्त कुरा बताएका हुन। ‘अहिले मेरो शेरबहादुर जीसँग लभ परेको अवस्था हो’, प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालले आफू नेकपा एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री भएको उल्लेख गर्दै भने, ‘मलाई त्यहाँ बस्दा उकुसमुकुस भएको थियो।’

प्रधानमन्त्री दाहालले चितवन २ का गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई जिताएर पठाउन चितवनवासीलाई पटक पटक आग्रह गरेका थिए।

‘उहाँले जितेर आउनुभयो र उहाँको पार्टीले सिफारिस ग¥र्यो भने मैले उहाँलाई मन्त्री बनाउँछु’, उनले भने। प्रधानमन्त्री दाहालले प्रतिगमनकारीलाई कुनै पनि हालतमा भोट नहाल्न आग्रह गरेका थिए। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनवासीले गठबन्धनकै उम्मेदवारलाई जिताउने विश्वास व्यक्त गर्दै आफू उनलाई मन्त्री बनाउन तयार रहेको समेत बताए।

‘जितनारायण जी ले टिकट दिएन टिकट दिएन भन्नु हुन्थ्यो टिकट दिएको छु अब जसरी पनि जितेर आउनुहोस्’, उनले भने।

प्रकाशित: ७ वैशाख २०८० १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App