१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस प्रदेशको सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ: मन्त्री कुशवाह

क्याप्शन

मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले मधेस प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताएका छन्।

बिहीवार मन्त्रालयमा मधेस प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम समावेश गर्ने योजनाको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

गठबन्धनको सरकार भएको भन्दै कुनैपनि बेला परिवर्तन हुनसक्ने उनको भनाइ थियो। मन्त्री कुशवाहले वैशाख १० गतेको निर्वाचन पछि सरकार परिवर्तन हुने देखिए पनि मन्त्रालयको गतिविधि कायम राख्ने उल्लेख गरे।

उनले सरकार परिवर्तन भए पनि बनाएका योजना कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले गर्न कामको बारेमा जानकारी दिन खोजेको बताए। मन्त्रालयको कृषि उपजहरुलाई बजारिकरण गर्न पालिका स्तरमा साना कृषि बजार स्थापना र निर्वाचन क्षेत्र अनुसार कोल्ड स्टोर बनाउने उनको भनाइ थियो। उनले हरेक जिल्लामा भेटनरी एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको सुनाए।

उनले रसायनिक मलको आपूर्तिलाई व्यवस्थित गर्ने जिकिर गरे। आगामी आर्थिक वर्षमा संघीय मन्त्रालयले करिव ५ लाख मेट्रिक टन रसायनिक मल खरिद गर्ने बजेट व्यवस्थापन गरेको भन्दै देशमा मधेस प्रदेशमा १ लखा ५० हजार मेट्रिक टन रसायनिक मल पाउने उनले दाबी गरे।  

प्रकाशित: ७ वैशाख २०८० ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App