७ वैशाख २०८१ शुक्रबार
राजनीति

अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि

काठमाडौैं–नयाँ संविधान जारी भए यता दैनिक सरदर १९ जना व्यक्तिले बैबाहिक अंगीकृत नागरिकता लिने गरेका छन्। गृह मन्त्रालयले ०७२ असोज महिना देखि ०७३ बैशाख महिनासम्मको बैबाहिक अंगीकृत नागरिकता लिनेको  रेकर्ड राखेको छ। संविधान जारी भएको ८ महिनामा तराइका २० जिल्लाबाट ४ हजार ५ सय ६३ व्यक्तिले बैबाहिक अंगीकृत नागरिकता लिने गरेको रेकर्ड मन्त्रालयमा छ।  

मन्त्रालयको रेकर्ड अनुसार रुपन्देहीबाट सबै भन्दा बढीले बैबाहिक अंगीकृत नागरिकता लिएका छन्। संविधान जारी भएको ८ महिनामा रुपेन्देहीमा ८ सय १२ले बैबाहिक अंगीकृत लिएका छन्। यसैगरी नवलपरासीबाट ५ सय २९ र कपिलबस्तुबाट ४ सय ६८ व्यक्तिले नागरिकता लिएका छन्। यसैगरी पर्साबाट ४ सय ७६, बाराबाट ३ सय २४, रौतहटबाट २ सय १८, सर्लाहीबाट १ सय ४५, महोत्तरीमा २ सय १९, धनुषाबाट १ सय ८२, सिराहाबाट १ सय ३० व्यक्तिले अंगीकृत नागरिकता लिएका छन्।

नयाँ संविधान जारी भए यता दैनिक सरदर १९ जना व्यक्तिले बैबाहिक अंगीकृत नागरिकता लिने गरेका छन्।

यसैगरी सप्तरीबाट १ सय ४१, सुनसरीबाट १ सय ९२, मोरङबाट १ सय ५७ र झापाबाट १ सय ९४ व्यक्तिले बैबाहिक अंगीकृत नागरिकता लिएका छन्। यसैगरी कञ्चनपुरबाट २०, कैलालीबाट १६, बर्दियाबाट ९०, बाँकेबाट २ सय १५ र दाङबाट १८ व्यक्तिले बैबाहिक अंगीकृत नागरिकता लिएका छन्। ०७० असारसम्म साढे तीन लाखले बैबाहिक नागरिकताले लिए

गृह मन्त्रालयले सुरुदेखि ०७० असार असार मसान्तसम्मको बैबाहिक अंगीकृत नागरिकता लिनेको रकेर्ड राखेको छ। सो रेकर्ड अनुसार ०७० असारसम्म ३ लाख ४४ हजार ६ सय ७१ व्यक्तिले ७५ वटा जिल्लाबाट बैबाहिक नागरिकता लिएको रेकर्ड मन्त्रालयसँग छ। ०७० असार मसान्तदेखि ०७२ भदौसम्म बैबाहिक अंगीकृत नागरिकता लिने व्यक्तिको रेकर्ड मन्त्रालले राखेको छैन्।

मन्त्रालयले ०७२ असोज महिना देखि पुन रेकर्ड राख्न सुरु गरेको छ। मन्त्रालयले सुरुदेखि २०७३ असार मसान्तसम्म नेपालमा सबै किसिमको नागरिकता लिनेको कुल संख्या २ करोड ११ लाख ९९ हजार ८ सय ६९ भएको  रेकर्ड राखेको छ। यसमा बैबाहिक नागरिकता लिनको संख्या पनि राखिएको छ।

नेपालमा १५ वर्ष बसोबास गरेका आधारमा अहिलेसम्म ८ हजार ३ सय १७ विदेशी नागरिकले नेपालको  अंगीकृत नागरिकता लिएका छन्।

नेपालको कानुन अनुसार तीन किसिमबाट अंगीकृत नागरिकता दिने गरिएको छ। बैबाहिक सम्बन्धको आधारमा  दिइने बैबाहिक नागरिकता र सन्तानको सम्बन्धनको आधारमा  नागरिकता दिने गरिएको छ। यसैगरी १५ वर्ष नेपालमा बसोबास गरेको, नेपाली भाषा लेख्न र बोल्ने जानेको र नेपालमा बसी व्याबासाय गरेको  गरेको व्यक्तिलाई प्रक्रिया पु¥याइ नागरिकता दिने गरिएको छ।

नेपालमा बसोबास गरेको आधारमा ८ हजारले नागरिकता लिए

नेपालमा १५ वर्ष बसोबास गरेका आधारमा अहिलेसम्म ८ हजार ३ सय १७ विदेशी नागरिकले नेपालको  अंगीकृत नागरिकता लिएका छन्। गृह मन्त्रालयको रेकर्ड अनुसार २०३२ साल देखि २०५४ साल सम्म ८ हजार १ सय ६० व्यक्तिलाई अंगीकृत नागरिकता दिइएको छ। यसैगरी २०६५ सालदेखि २०७३ साउन सम्म ४ विदेशी नागरिकले अंगीकृत नागरिकता दिइएको मन्त्रालयको रेकर्डमा छ। यसैगरी २०६५ देखि २०७३ साउनसम्म आमा नेपाली, बाबु विदेशी भएका  १३ व्यक्तिलाई नागरिकता दिएको गृह मन्त्रालयको रेकर्ड रहेको छ।

गृह मन्त्रालयका अधिकारीहरु बैबाहिक नागरिकता लिने व्यक्तिहरुको सख्या बढ्र्दै गएको बताउँछन्। कसरी र कुन अनुपातमा बढ्दै गएका छ, यसबारे मन्त्रालयले अब रेकर्ड राख्न सुरु गरेको पनि ती अधिकारी बताउँछन्। ‘पहिलेको तुलनामा बैबाहिक नागरिकता लिने व्यक्तिको सख्या बढिरहेको छ। बैबाहिक सम्बन्ध बढेको कारणले पनि बढेको हुन सक्ने गृहको अनुमान छ। कुन कुन अनुपाातमा  बैबाहिक अंगीकृत नागरिकता लिनको संख्या बढ्दै गएको हो, यसबारे मन्त्रालयले डाटा राख्ने काम सुरु गरेको पनि मन्त्रालयले जनाएको छ।

मधेसी दलका नेताहरु भन्छन, बैबाहिक अंगीकृत हाम्रो चासो होइन

मधेसी मोर्चासँग आबद्ध मधेसी दलका नेताहरुको बैबाहिक  अंगीकृत नागरिकताको विषयमा आफूहरुको चासो नभएको बताएका  छन्। नेपालीहरुले नागरिकता पाउन् भन्ने विषयमा मात्रै आफ्नो चासो भएको पनि उनीहरुले बताएका छन्। ‘बैबाहिक नागरिकता विषयमा हाम्रो चासो होइन। नागरिकता नपाएका व्यक्तिहरुले नागरिकता पाउन् भन्ने मात्र हाम्रो चासो हो’, संघीय समाजादी फोरम नेपालका अध्यक्ष उपेन्द  यादबले भने।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले बैबाहिक अंगीकृत नागरिता लिने प्रक्रिया स्वभाविक भएको भन्दै बैबाहिक अंगीकृत नागरिक  दश वर्ष नेपालमा बसोबास गरिसके पछि संवैधानिक पदहरुमा जान पाउनु पर्ने बताए। ‘बैबाहिक अंगीकृत नागरिकता लिने प्रक्रिया स्वभाविक हो। यस विषयमा किन चिन्ता लिने ?’, सुमनले भने।
    
 

प्रकाशित: ४ माघ २०७३ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App