८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नयाँ सरकार गठन भएपछि आर्थिक परिसूचकमा सुधार आयो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन्।

उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताएका हुन्।

'वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ। वित्तीय तरलताको स्थितिमा सुधार भएको छ', उनले भने, 'विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटनलगायत क्षेत्रमा प्रगति हुँदै जान थालेको छ। कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ।'

नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्व दिइएको उनको भनाइ थियो। 

प्रकाशित: ४ वैशाख २०८० १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App