३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाएः सचिव भट्टराई

फाइल तस्बिर

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताएका छन्।

आइतबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिष्पर्धा गर्नु भनेको देश, जनता, कानून, संविधानलाई ढाँट्नु भएको बताए। नेकपा एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरुको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको बताए।  

उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए। उनले रास्वपा सभापति लामिछाने अग्र्यानिक क्याण्डिडेट नभएको बताए। उनले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरित ठेक्कापट्टामा निर्णय गरेको भन्दै बिरोध गरे।

उनले भने, ‘हामी नेकपा एमालेलाई त जनताले प्रश्न गर्छन्, गर्नुपर्छ। हामीलाई जे प्रश्न आएका छन्, करिव ७० वर्षको अन्तरालमा आएका प्रश्न हुन्। तर रवि लामिछानेजीलाई ७० वर्ष होइन, ७ महिना पनि परेन। यति छोटो समयमा हामीलाई भन्दा धेरै प्रश्न आइसकेका छन्। त्यसैले उहाँले दिएका भ्रष्टाचारबिरुद्धका नारा, सुशासनका नाराहरु यी सबै बेकार हुन्। यी सबै जनतालाई भ्रममा पार्ने कुरा हुन्। उहाँ कुनै भर्जिन, अग्र्यानिक क्याण्डिडेट होइन। उहाँको व्यक्तिगत कुरा सबै मान्छेले देखिरहेका नै छन्। उहाँको पार्टीमा केके भइरहेको छ, अडियो काण्ड आइरहेका नै छन्। कसरी उहाँले सार्वजनिक खरिद ऐनको विपरित ठेक्कापट्टामा निर्णय गर्नुभयो, भोलिपल्ट मन्त्री पद छोड्नुपर्ने भयो। अघिल्लो दिन हतारहतार फाइलहरु किन स्वीकृत भए। यी प्रश्न छन्। एउटा सभ्य समाजमा मान्छेले गल्ती गर्नसक्छ, त्यसप्रति माफी पनि हुन्छ। तर सभ्य समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो। रवि लामिछानेजीले गल्ती गर्नुभएको होइन, ढाँटेको हो । समाज र राज्यलाई ढाँटेको हो। सिंगो मुलुकलाई ढाँटेको हो। कानून, संविधान यी सबै कुरालाई ढाँट्नुभएको हो। उहाँले ५ वर्ष ढाँटेकोप्रतिको प्रायश्चित गर्नुपर्ने थियो। तर अहिले चुनाव लडिरहनुभएको छ। त्यसले कस्तो राजनीतिकर्मी अघि बढाउने हो भन्नेकुरा हो।’

सचिव भट्टराईले जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको बताए।

प्रकाशित: ३ वैशाख २०८० १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App