२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

बारा २ मा उपेन्द्र यादवलाई स्वतन्त्र सांसद जयसवालको समर्थन

मधेस प्रदेशका निर्वाचित स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन्।

 बारा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद जयसवालले शनिबार विज्ञप्ति जारी गरी उम्मेदवार यादवलाई समर्थन गरेका हुन्।उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा २ का जनतासँग अपिल समेत गरेका छन्।

मधेश आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने सांसद जयसवालले उल्लेख गरेका छन्।

प्रकाशित: ३ वैशाख २०८० ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App